ट्रम्पलाई फेरि जिताउन रुसले हस्तक्षेप गर्ने आशंका « Khabarhub

ट्रम्पलाई फेरि जिताउन रुसले हस्तक्षेप गर्ने आशंका


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– ट्रम्पलाई राष्ट्रपतिमा फेरि जिताउन रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्नसक्ने अमेरिकी गुप्तचर निकायका अधिकारीले जनाएका छन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको गुप्तचर समितिमा भएको सुनुवाईमा अमेरिकी गुप्तचर निकायका अधिकारीले यस्तो बताएका हुन् ।

गत साता भएको सुनुवाईका क्रममा गुप्तचर अधिकारीले यस्तो बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सुनुवाईका क्रममा राष्ट्रपति ट्रम्प समर्थक हाउस रिप्रेजेन्टेटिभहरुले चर्को आपत्ती जनाएको न्यू योर्क टाइम्स पत्रिकाले लेखेको छ ।

पत्रिकाका अनुसार उनीहरुले राष्ट्रपति ट्रम्प रुसप्रति कठोर रुपमा प्रस्तुत भएको जिकिर गर्दै उनको कार्यकालमा युरोपेली मुलुकहरुसँगको सुरक्षा एवं रणनीतिक सम्बन्ध बलियो भएको दाबी गरेका थिए ।

यसअघि सन् २०१६ मा भएको निर्वाचनमा पनि रुसले हस्तक्षेप गरी ट्रम्पलाई जिताएको आरोप लागेको थियो । यद्यपि यस विषयमा अनुसन्धान गरेका अमेरिकी न्याय विभागका विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले प्रस्तुत गरेको अनुसन्धान प्रतिवेदनमा ट्रम्प र रुसबीच साँठगाँठ रहेको भनी अभियोग लगाइहाल्न मिल्ने प्रमाण फेला नपरेको उल्लेख थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ४ : २२ बजे

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि

भरूवा बन्दुक बनाउन प्रयोग हुने सामाग्रीहरू बरामद

स्याङ्जा– वालिङ नगरपालिका-१२ कोखेबाट भरूवा बन्दुकको आकारमा काठ तथा फलाम