यसरी हटाऔँ कोरोनाबारे मनको त्रास « Khabarhub

यसरी हटाऔँ कोरोनाबारे मनको त्रास


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दिएको जानकारी अनुसार नेपालमा अहिलेसम्म एक जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण देखिएकोमा उनी निको भइसकेका छन् । हालसम्म ५ सयभन्दा बढीमा परीक्षण हुँदा संक्रमण फेला परेको छैन ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको मुलुक भनेको छ । नेपाल सरकारले संक्रमण रोकथामका लागि कडाइ गरेको छ । उपचारको पूर्वतयारीको काम गरिरहेको छ ।

संक्रमण फैलिएका देशहरूसँग हवाई आवागमन बन्द गरेको छ । शिक्षण संस्थाहरू बन्द गराएको छ । अन्तिम घडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ ।

धेरै भीड हुने, क्लब, जिम सेन्टर, फिल्म हल लगायतका धेरै सार्वजनिक स्थलहरू बन्द गराएको छ । एक ठाउँमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ ।

अस्पतालहरूले पनि अत्यावश्यक स्वास्थ्य समस्यामा मात्र उपचारका लागि आउनु भन्न थालेका छन् ।

कोरोना भाइरस संक्रमणको त्रासमा एसईई लगायतका अन्य परीक्षा स्थगित गर्नु विद्यार्थीको हितमा रहेको र त्यसलाई सकारात्मकरूपमा स्वीकार गर्नुपर्ने वरिष्ठ मनोचिकित्सक डाक्टर सरोज वझाको भनाइ छ ।

‘राज्यले हामी सबैको हितमा निर्णयहरू गरेको छ, परीक्षा रोकिएकोमा विद्यार्थीहरू खुसी हुनुपर्छ, राज्यको निर्णयलाई विद्यार्थीहरूले स्वीकार गर्नुपर्छ,’ डा वझाले खबरहबसँग भने, ‘रोग फैलिएका इटाली, इरान, कोरियाको अवस्थालाई पनि हामीले हेर्नुपर्छ, अहिले हामीले सबै कुरा बिर्सिएर आफूलाई स्वस्थ राख्नेतर्फ ध्यान दिन जरुरी छ ।’

परीक्षाको तयारीमा रहेका विद्यार्थीहरू अहिले आफू र आफ्ना परिवारजनलाई कोरोनाबाट जोगिन सचेत गराउनेतर्फ लाग्न डा वझाको सुझाब छ ।

‘कोरोना संक्रमणबाट आफू कसरी जोगिने र आफ्नो परिवार, समाजलाई कसरी जोगाउने भनेर सोच्नुपर्ने जरुरी छ,’ डा वझाले भने, ‘नेपालमा इरान, इटलीको जस्तो अवस्था नआउला भन्न पनि त सकिँदैन । त्यसैले अहिले विश्वको महामारी सम्झिएर, सबै आफ्नो स्वास्थ्यमा केन्द्रित हुनुपर्छ, आफूमा सकारात्मक सोच विकास गर्नुपर्छ ।’

उनले नेपालमा कोरोना संक्रमण छैन भन्न नमिल्ने बताए ।

‘सौभाग्यवश अस्पताल पुगेका बिरामीमा कोरोना पोजेटिभ नदेखिएको होला । तर नेपालमा कोरोना पोजेटिभ नै छैन भन्न मिल्दै मिल्दैन,’ डा वझाले भने, ‘कोरोनाको लक्षण भएर अस्पतालमा बिरामीहरू नपुगेका पनि हुनसक्छन् ।’

सरकारले कोरोना संक्रमण रोकथामको लागि गरेको काम प्रशंसनीय रहेको उनको भनाइ छ ।

‘हेल्थ सरकारको दायित्व हो र जनताको मौलिक हक हो । राज्यले ढिलै गरे पनि जनताको हितमा राम्रो निर्णय गरेको छ,’ डा वझाले भने, ‘स्वास्थ्य राम्रो भयो भने सबै कुरा हुन्छ, सरकारले गरेको निर्णयहरू अहिलेको सन्दर्भमा स्वागतयोग्य छन् ।’

कोरोना संक्रमणको त्रास सबै नेपालीमा छ । त्रास लिएर बस्नुभन्दा पनि सावधानी अपनाउन जरुरी रहेको डा वझा बताउँछन् । उनका अनुसार कोरोनाको त्रास हटाउन मुख्य तीन वटा तरिका अपनाउन सकिन्छ ।

त्रास हटाउने तरिका 

कोरोनाको त्रास हटाउन दिमाग, शरीर र आफ्नो गतिविधि नियन्त्रण गर्न सक्नुपर्छ ।

आफ्नो दिमागलाई अहिले देखिएको अवस्था स्वीकार गर्न तयार गर्नुपर्छ र आफूमा सकारात्मक सोच विकास गर्नुपर्छ । अनावश्यक हल्लाको पछि लागेर तनाव लिनु हुँदैन ।

कोरोनाको त्रास हटाउने दोस्रो तरिका हो– शरीरलाई स्वस्थ र फिट राख्ने । नियमितरूपमा शारीरिक व्यायाम गर्ने । नियमित सन्तुलित आहार खाने । समयमै सुत्ने । रक्सी, चुरोट नखाने । धेरै तनाव महसुस भयो भने लामो स्वास लिदै र छोड्दै यो प्रक्रिया केही बेर दोहोर्‍याउने ।

साथीभाइसँग फोन वा इन्टरनेटको माध्यबाट कुराकानी गर्ने । आफूलाई स्वस्थ राखेर बाँच्ने प्रयास गर्नुपर्छ ।

महामारीको समयमा सबै कुरा बिर्सिएर आफूलाई स्वस्थ राख्नुपर्ने उनको सुझाब छ । उनी भन्छन्, ‘अहिले महामारीसँग लड्ने बेला हो । यो एक प्रकारको लडाइँ नै हो । त्यसैले अहिले आफूलाई शरीरिक र मानसिक रूपमा बलियो बनाउनुपर्छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ३३ बजे

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र