पाथीभरामा एकै दिन दुई हजार भक्तजन, नियन्त्रण भएन « Khabarhub

पाथीभरामा एकै दिन दुई हजार भक्तजन, नियन्त्रण भएन


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको त्रासका कारण सरकारले एक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि धार्मिक स्थलहरूमा पनि कडाइ हुन थालेको छ ।

राजधानी काठमाडौंमा हिन्दुका आराध्यदेव पशुपतिनाथ मन्दिर प्रवेशमा नियन्त्रण गरिएको छ । शनिबारदेखि साँझको आरति नहुने भएको छ।

शुक्रबार राजधानी काडमाडौंको घण्टारस्थित जामे मस्जिद र पञ्चकाश्मीरी मस्जिदमा पनि प्रवेशमा कडाइ गरिएको थियो । मास्क नलगाई भित्र प्रवेश गर्न रोक लगाइएको थियो ।

राजधानी बाहिर पनि धार्मिक स्थल प्रवेशमा कडाइ गरिएको खबर छ । खोटाङको प्रशिद्ध हलेसी मन्दिरमा दर्शनका लागि हुलमा जान रोक लगाइएको छ । इलामको सानो पाथीभरा मन्दिरमा पनि भीड नियन्त्रण गरिएको खबर छ ।

उता ताप्लेजुङको प्रशिद्ध पाथीभरा मन्दिरमा भने शुक्रबार एकै दिन दुई हजारभन्दा बढी भक्तजन पुगेको जानकारी पाएको ताप्लेजुङका पत्रकार आनन्द गौतमले बताए ।

चैत–वैशाख पूर्वी तराई तथा अन्य ठाउँबाट ठूलो संख्यामा भक्तजन पाथीभरा देवीको दर्शनमा जाने समय हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डोरेन्द्र निरौलाले पाथीभरा जाने बाटोको माथ्लो फेदीमा हेल्थ डेस्क राख्ने र भक्तजनको शरीरको नाप्ने व्यवस्था मिलाउने प्रयास भएको बताए ।

माथ्लो फेदीस्थित स्वास्थ्य चौकीमा तापक्रम नाप्न थर्मोमिटबाहेक अरू यन्त्र छैन । प्रजिअ निरौलाले तापक्रम नाप्ने यन्त्र उपलव्ध हुन नसकेको बताए ।

उक्त स्वास्थ्य चौकीमा एक जना असिस्टेन्ट हेल्थ वर्कर (अहेव) मात्र छन् । ताप्लेजुङ बजार क्षेत्रमा स्थिति सामान्य रहेको र नागरिकहरू सचेत रहेको प्रजिअ निरौलाले बताए ।

उनका अनुसार सञ्चारमाध्यहरूको प्रभावले मानिसहरू आफूलाई सुरक्षित राख्न सचेत देखिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : ३४ बजे

बुटवलमा सडक र फुटपाथ अतिक्रमण गरी बनाइएका संरचनामा चल्याे डाेजर

काठमाडौं– बुटवल उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ

इरान-अमेरिका वार्तामा सम्झौताप्रति आशा

एजेन्सी– इरानसँगको शान्ति वार्ताको दोस्रो चरण अघि बढाउने विषयमा पाकिस्तानमार्फत

ऋषिङमा दुई झोलुङ्गे पुल निर्माण

दमौली– तनहुँको ऋषिङ गाउँपालिकामा दुई पुल निर्माण सम्पन्न भएका छन्

कार्यवाहक प्रमुख डंगोल र प्रहरी महानिरीक्षक कार्कीबीच भेट : महानगर र प्रहरीको सहकार्य बलियो बनाइने 

काठमाडौं– सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौं महानगरपालिका

कोइलाको अभावमा हेटौँडा सिमेन्टको उत्पादन बन्द

मकवानपुर‍– हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन