पाथीभरामा एकै दिन दुई हजार भक्तजन, नियन्त्रण भएन « Khabarhub

पाथीभरामा एकै दिन दुई हजार भक्तजन, नियन्त्रण भएन


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको त्रासका कारण सरकारले एक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि धार्मिक स्थलहरूमा पनि कडाइ हुन थालेको छ ।

राजधानी काठमाडौंमा हिन्दुका आराध्यदेव पशुपतिनाथ मन्दिर प्रवेशमा नियन्त्रण गरिएको छ । शनिबारदेखि साँझको आरति नहुने भएको छ।

शुक्रबार राजधानी काडमाडौंको घण्टारस्थित जामे मस्जिद र पञ्चकाश्मीरी मस्जिदमा पनि प्रवेशमा कडाइ गरिएको थियो । मास्क नलगाई भित्र प्रवेश गर्न रोक लगाइएको थियो ।

राजधानी बाहिर पनि धार्मिक स्थल प्रवेशमा कडाइ गरिएको खबर छ । खोटाङको प्रशिद्ध हलेसी मन्दिरमा दर्शनका लागि हुलमा जान रोक लगाइएको छ । इलामको सानो पाथीभरा मन्दिरमा पनि भीड नियन्त्रण गरिएको खबर छ ।

उता ताप्लेजुङको प्रशिद्ध पाथीभरा मन्दिरमा भने शुक्रबार एकै दिन दुई हजारभन्दा बढी भक्तजन पुगेको जानकारी पाएको ताप्लेजुङका पत्रकार आनन्द गौतमले बताए ।

चैत–वैशाख पूर्वी तराई तथा अन्य ठाउँबाट ठूलो संख्यामा भक्तजन पाथीभरा देवीको दर्शनमा जाने समय हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डोरेन्द्र निरौलाले पाथीभरा जाने बाटोको माथ्लो फेदीमा हेल्थ डेस्क राख्ने र भक्तजनको शरीरको नाप्ने व्यवस्था मिलाउने प्रयास भएको बताए ।

माथ्लो फेदीस्थित स्वास्थ्य चौकीमा तापक्रम नाप्न थर्मोमिटबाहेक अरू यन्त्र छैन । प्रजिअ निरौलाले तापक्रम नाप्ने यन्त्र उपलव्ध हुन नसकेको बताए ।

उक्त स्वास्थ्य चौकीमा एक जना असिस्टेन्ट हेल्थ वर्कर (अहेव) मात्र छन् । ताप्लेजुङ बजार क्षेत्रमा स्थिति सामान्य रहेको र नागरिकहरू सचेत रहेको प्रजिअ निरौलाले बताए ।

उनका अनुसार सञ्चारमाध्यहरूको प्रभावले मानिसहरू आफूलाई सुरक्षित राख्न सचेत देखिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : ३४ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते