कोरोना संक्रमणको आशंकामा २ जना महाकाली अञ्चल अस्पताल भर्ना | Khabarhub Khabarhub

कोरोना संक्रमणको आशंकामा २ जना महाकाली अञ्चल अस्पताल भर्ना


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा २ जना व्यक्ति कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा भर्ना भएका छन् ।

शनिबार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतका अनुसार गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका २ जनामा १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएको थियो ।

परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अञ्चल अस्पताल पु¥याइएको हो । कोरोना संक्रमणको आशंका गरिएका दुवै जनालाई आइसोलसन वार्डमा भर्ना गरेर परीक्षणका लागि नमूना (स्याम्पल) लिने प्रक्रिया थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार शनिबार मात्रै १० हजार बढी नेपाली गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रिएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : ४१ बजे

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल