विप्लव समूहका जिल्ला इञ्चार्जसहित २ जना पक्राउ « Khabarhub

विप्लव समूहका जिल्ला इञ्चार्जसहित २ जना पक्राउ


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– नेत्रविक्रम चन्द (विप्लव) समूहका रौतहट जिल्ला इञ्चार्जसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इञ्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत् गुरुङ रहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

पक्राउ परेका राई र गुरुङको साथबाट १ थान कटुवा पेस्तोल तथा एउटा हाते ग्रिनेड बरामद गरिएको छ । पक्राउ परेका राई र गुरुङमाथि आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सुराकीले दिएको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई मकवानपुर तथा रौतहटको सीमा जङ्गलबाट आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : ४६ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका