भारतसँगको पश्चिमी नाका गड्डाचौकी बन्द गर्न केन्द्र सरकारलाई अनुरोध « Khabarhub

भारतसँगको पश्चिमी नाका गड्डाचौकी बन्द गर्न केन्द्र सरकारलाई अनुरोध


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्नगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस (कोभिड– १९) स‌ंक्रमणको जोखिमलाई मध्यनजर गरी पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ (केन्द्र) सरकारसमक्ष अनुरोध गरेको छ ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको ४४ औं कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको संख्या अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न संघ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए ।

‘कारोनाको संक्रमण जोखिम बढ्दै गएको छ, नाकामा स्वदेश फर्किनेको भिड थामी नसक्नु छ, यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना हुन्छ,’ नगर प्रवक्ता चन्दले भने, ‘यी सबै अवस्थालाई मध्यनजर गर्दै नगरकार्यपालिकाको बैठकले नाका बन्दका लागि संघ सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।’

बैठकले कोरोना रोकथामका लागि स्वमय् सेवक परिचालन, कोरोना विरुद्ध खटिएका स्वास्थ्यमकर्मीलाई बोनस दिने, ५० शैय्याको प्रीफ्याब आइसोलेसन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ५ : ०७ बजे

रास्वपा दलको बैठक, नौवटा संसदीय समितिमा उम्मेदवार टुंग्याउँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक जारी

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

काठमाडौं– इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन