भारतसँगको पश्चिमी नाका गड्डाचौकी बन्द गर्न केन्द्र सरकारलाई अनुरोध « Khabarhub

भारतसँगको पश्चिमी नाका गड्डाचौकी बन्द गर्न केन्द्र सरकारलाई अनुरोध


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्नगर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना भाइरस (कोभिड– १९) स‌ंक्रमणको जोखिमलाई मध्यनजर गरी पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न संघ (केन्द्र) सरकारसमक्ष अनुरोध गरेको छ ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाको शनिबार बसेको ४४ औं कार्यपालिकाको आकस्मिक बैठकले गड्डाचौकी नाकाबाट फर्किनेको संख्या अत्यधिक बढेकाले केही दिनका लागि नाका बन्द गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले कार्यपालिकाको आकस्मिक बैठक बसेर नाका बन्द गर्न संघ सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए ।

‘कारोनाको संक्रमण जोखिम बढ्दै गएको छ, नाकामा स्वदेश फर्किनेको भिड थामी नसक्नु छ, यस्तो अवस्थामा जोखिमको धेरै सम्भावना हुन्छ,’ नगर प्रवक्ता चन्दले भने, ‘यी सबै अवस्थालाई मध्यनजर गर्दै नगरकार्यपालिकाको बैठकले नाका बन्दका लागि संघ सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।’

बैठकले कोरोना रोकथामका लागि स्वमय् सेवक परिचालन, कोरोना विरुद्ध खटिएका स्वास्थ्यमकर्मीलाई बोनस दिने, ५० शैय्याको प्रीफ्याब आइसोलेसन कक्ष स्थापनाका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ५ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै