पक्राउ परेका युवकले भने– फेसबूक पेजमा लाइक बढाउन कोरोनाको अडियो बनाए | Khabarhub Khabarhub

पक्राउ परेका युवकले भने– फेसबूक पेजमा लाइक बढाउन कोरोनाको अडियो बनाए


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) बारे फेसबूकमार्फत भ्रम फैलाएको आरोपमा पक्राउ परेका युवकले फेसबूक पेजमा लाइक बढाउन त्यस्तो कार्य गरेको बताएका छन् ।

नर्भिक अस्पतालमा ९ जनालाई परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अडियो बनाएर फेसबूकमा भ्रम फैलाउने युवकलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

बयानका क्रममा ती युवकले आफ्नो फेसबूक पेजमा रिच तथा लाइक बढाउन उक्त अडियो बनाएको बताएका छन् ।

उनले उक्त अडियो झोर्लेन्यूज नामक फेसबूक पेजबाट सार्वजनिक गरेका थिए । प्रहरीको अनुसन्धानका क्रममा थापाले नै उक्त फेसबूक पेज चलाउने गरेको भेटिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको विषयमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेहरु सक्रिय भएका छन् ।

केही दिन अगाडि टिकटक भिडियोमार्फत केही व्यक्तिले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना लागेर १७ जनाको मृत्यु भएको भन्दै भ्रम फैलाएका थिए ।

पछिल्लो समय सरकारले सेनाको हेलिकोप्टरमार्फत कोरोना भाइरसविरुद्ध विषादी छर्न लागेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ ।

प्रहरीले कोरोना भाइरसको विषयमा भ्रम सिर्जना गर्ने र अफवाह फैलाउनेहरुविरुद्ध विशेष अभियान चलाइएको बताएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : २८ बजे

भोजपुरको खकुवाखोलामा पुल बनेपछि स्थानीयलाई सहज

भोजपुर– ज्यानको जोखिम मोलेर काठको फड्केबाट खकुवाखोला तर्दै आएका भोजपुरका

कञ्चनपुरमा तीन हजार बढी मतदाता थपिए, दुईवटा मतदानस्थल सारियो

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै हुलाकी सडक

राँझा – बाँकेमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी सडक पूर्वपश्चिम राजमार्गको

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लुम्बिनी प्रदेशमा कृषि भूमि घट्यो

काठमाडौं – लुम्बिनी प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको कुल