पक्राउ परेका युवकले भने– फेसबूक पेजमा लाइक बढाउन कोरोनाको अडियो बनाए « Khabarhub

पक्राउ परेका युवकले भने– फेसबूक पेजमा लाइक बढाउन कोरोनाको अडियो बनाए


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरस (कोभिड–१९) बारे फेसबूकमार्फत भ्रम फैलाएको आरोपमा पक्राउ परेका युवकले फेसबूक पेजमा लाइक बढाउन त्यस्तो कार्य गरेको बताएका छन् ।

नर्भिक अस्पतालमा ९ जनालाई परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको भन्दै अडियो बनाएर फेसबूकमा भ्रम फैलाउने युवकलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका घर भइ भक्तपुरको सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

बयानका क्रममा ती युवकले आफ्नो फेसबूक पेजमा रिच तथा लाइक बढाउन उक्त अडियो बनाएको बताएका छन् ।

उनले उक्त अडियो झोर्लेन्यूज नामक फेसबूक पेजबाट सार्वजनिक गरेका थिए । प्रहरीको अनुसन्धानका क्रममा थापाले नै उक्त फेसबूक पेज चलाउने गरेको भेटिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसको विषयमा सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेहरु सक्रिय भएका छन् ।

केही दिन अगाडि टिकटक भिडियोमार्फत केही व्यक्तिले टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना लागेर १७ जनाको मृत्यु भएको भन्दै भ्रम फैलाएका थिए ।

पछिल्लो समय सरकारले सेनाको हेलिकोप्टरमार्फत कोरोना भाइरसविरुद्ध विषादी छर्न लागेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको छ ।

प्रहरीले कोरोना भाइरसको विषयमा भ्रम सिर्जना गर्ने र अफवाह फैलाउनेहरुविरुद्ध विशेष अभियान चलाइएको बताएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : २८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको