कोरोनाका कारण धमाधम बन्द हुँदै काठमाडौंका तारे होटल « Khabarhub

कोरोनाका कारण धमाधम बन्द हुँदै काठमाडौंका तारे होटल


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सन्त्रासका कारण अकुपेन्सी दर घट्दै गएपछि काठमाडौंका तारे होटेलहरु बन्द हुन थालेका छन् ।

होटल हायातले केही दिन अगाडि नै सूचना प्रकाशित गर्दै केही समयका लागि सेवा बन्द गर्ने घोषणा गरिसकेको थियो ।

काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीले पनि सूचना टाँस गरेर अनिश्चित कालका लागि सेवा बन्द गरेको जनाएको छ ।

होटलले कर्मचारी तथा कामदारहरुलाई सेवा बन्द भएको अवधिभर २५ प्रतिशत सुविधा दिने गरी बिदा गरिसकेको छ ।

कोरोना भाइरस संक्रमणको सन्त्रासका बीच पछिल्लो समय होटलको अकुपेन्सी घट्दै गएको छ ।

होटल व्यवसायी संघ (हान)का अनुसार तारे होटलहरुको अकुपेन्सी दर १० प्रतिशतभन्दा पनि तल झरेको छ ।

पछिल्लो समय गेस्टहरु आउन कम भएपछि काठमाडौंका अन्य तारे होटलहरुले पनि कर्मचारीहरुलाई बिदामा पठाउन थालिसकेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ९ : ३० बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,