कोरोना भाइरस : एकैदिन ५ हजार ३०६ को मृत्यु, ७२ हजार संक्रमित « Khabarhub

कोरोना भाइरस : एकैदिन ५ हजार ३०६ को मृत्यु, ७२ हजार संक्रमित


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ ।

योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ७८ हजार ९४७ पुगेको छ ।

कोरोना भाइरसको महामारीले अमेरिकामा २४ घण्टामा थप १ हजार ९०८ जनाको मृत्यु भएको छ ।

योसँगै अमेरिकामा मंगलबार विहान साढे ५ बजेसम्म कोरोना भाइरसले मृत्यु हुनेको संख्या ४२ हजार ४८३ पुगेको छ।

पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ९२ हजार ७६ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ७१ हजार ९४७ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ६ लाख ७७ हजार ६४६ जनामध्ये १३ हजार ९४६ को अवस्था गम्भीर रहेको छ ।

कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ ।

सोमबार थप ४५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार ११४ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २५६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ४८ हजार ८७७ जना उपचारपछि निको भएका छन् ।

उपचार गराइरहेका १ लाख ८ हजार २३७ जनामध्ये २ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ । मंगलबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २१० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ८० हजार ५८७ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ९८ हजार ७७१ जना उपचाररत छन् ।

यस्तै फ्रान्समा २० हजार २६५ को मृत्यु भएको छ भने बेलायतमा कोरोनाले मृत्यु हुनेको संख्या १६ हजार ५०९ पुगेको छ । महामारीको सुरुवात भएको चीनमा भने आइतबारयता कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।

महामारी फैलिएको साढे ३ महिना भन्दाबढी हुँदा पनि औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा छन् भने मृतक र संक्रमितको संख्या बढ्दो छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : २६ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको