विपतमा परेकाको सहयोगमा जुट्दै धुर्मुस सुन्तली | Khabarhub Khabarhub

विपतमा परेकाको सहयोगमा जुट्दै धुर्मुस सुन्तली


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसको कहरबीच सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नेपालीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सहयोग गर्ने भएको छ ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले यसबारेमा जानकारी दिए । उनले सबै मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्ने भन्दै सहयोग र समन्वयकारी भूमिका खेल्ने बताए ।

सरकारले गरेको लकडाउनका कारण हजारौं मजदुर समस्यामा परेका छन् । दैनिक काम गरेर गुजारा चलाउने वर्गमा आर्थिक संकट देखिएको छ ।

‘यो संकट र महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो, हामी पनि लकडाउनको पालना गरी घरबाट नै विभिन्न सन्देशमूलक सामग्रीहरु बनाइरहेका थियौं,’ धुर्मुस भन्छन्, ‘कोरोना संक्रमणका कारण लकडाउन लम्बिँदै गर्दा धेरै जनामा अभाव र संकट सिर्जना भएको छ, अब यो समयमा सबैजना मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्छ ।’

उनले यो विषम परिस्थितिमा यदि कोही संकट र अभावमा भए सहयोग गर्न अनुरोध पनि गरेका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेसनका तर्फबाट भनेका छन्, ‘विपतमा पर्नुभएकालाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौं ।’

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ०३ बजे

संसदीय छानबिन समिति बनाउन प्रतिपक्षी दल एकजुट

काठमाडौं– प्रतिपक्षी दलहरूले सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान तथा

अटिजम केयर सोसाइटीकी अध्यक्ष डा सुनिता इन्सार अवार्डबाट सम्मानित

काठमाडौं –अटिजम केयर नेपाल सोसाइटीको अध्यक्ष डा. सुनिता मलेकु अमात्य

प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो

काठमाडौं– प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ ।

कांग्रेसले किन मानेन बालुवाटारको तीनबुँदे सम्झौता ?

काठमाडौं- प्रतिनिधिसभामा विहीबार सत्तापक्ष र प्रतिपक्षी दलका सांसदवीच हंगामा भयो

मुख्यमन्त्रीलाई मत दिएपछि नाउपमा अर्को विवाद, रेशमले दुई सांसदलाई कारवाही गर्ने

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने दुई