महाभारत : यसकारण द्रोणाचार्यका प्रिय शिष्य थिए अर्जुन « Khabarhub

महाभारत : यसकारण द्रोणाचार्यका प्रिय शिष्य थिए अर्जुन


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पौराणिक कथामा महाभारत कालको एक प्रसंग हो । एकदिन आचार्य द्रोणाचार्य सबै राजकुमारहरुलाई धनुविद्या सिकाउदै थिए र सबै राजकुमार गुरु द्रोणाचार्यको साथमा वनमा बस्थे ।

सबै राजकुमार भन्दा धनुविद्यामा पांरगत अर्जुन सबैभन्दा धेरै प्रतिभावान तथा गुरुभक्त शिष्य थिए । युसैकारण द्रोणाचार्य पनि उनिसँग प्रसन्न थिए ।

अर्को तर्फ द्रोणाचार्यको आफ्नै छोरा अश्रथमा पनि धनुविद्यामा अन्य राजकुमार भन्दा अगाडी थिए । तर अर्जुन अश्रथमा भन्दा धेरै प्रतिभावान थिए ।

एक रातको कुरा हो । सबै शिष्य आफ्नो गुरुको साथमा भोजन गरिरहेका थिए । तब अचानक तेज हावा चल्न लाग्यो । बत्ती गयो । अन्धकार भएपछि सबैले खाना खाइरहेका थिए । तब अर्जुनको मनमा एक विचार आयो । ‘यति धेरै अन्धकार हुँदा पनि खानाको लागि हात मुखसम्म जानसक्छ ।’

यस विचारसँगै उनले सम्झिए निशाना लगाउनको लागि प्रकाश भन्दा धेरै आवश्यकता अभ्यास हो र उक्त दिनबाट अर्जुनले अन्धकारमा निशाना लगाउने अभ्यास गर्न आरम्भ गरे । यो देखेर आचार्य द्रोणाचार्य धेरै प्रसन्न भए ।

अर्को कथाः

एकपटक द्रोणाचार्यले आफ्ना सबै शिष्यको साथमा स्नान गर्न नदीमा गए । उनले आफ्नो धोती कुटीमा नै भुले उनले अर्जुनलाई लिएर आउन भने, अर्जुन कुटीमा गएको समयमा उनले अरु शिष्यालाई मन्त्र शक्तिको मन्त्र बताए ।

यसो भन्दै गुरुले एक मन्त्र लेखेर मन्त्र अभिमन्त्रित गरी एक वाण हाने । उक्त एक वाणले रुखको सबै पात झराइदियो । सबै शिष्य दंग गरे ।

केही समय पछि अर्जुन आएर भुमिमा लेखिएको मन्त्र देखे । मन्त्रलाई उनले पढे र दृढ विश्वास पनि गरे कि उक्त मन्त्र निश्चित रुपमा सफल हुन्छ, तब उनले धनुषमा वाण चढाई मन्त्रको उच्चारण गरेर हाने । रुखको पात सबै झरे ।

गुरुले अरुलाई सिकाएको विद्या उनले पनि सिके । गुरु फर्केर आए र रुखको त्यो हालत देखेर सोधे । अर्जुनले वाण हानेको र रुखको पात झरेको देखेर गुरु प्रसन्न भए अर्जुनलाई भने, “हे अर्जुन तिम्रो धैर्य देखेर र प्रयत्न गरेर उत्तिण भयौ तिमी मेरो सर्वोत्तम शिष्य हो । तिमी भन्दा श्रेष्ठ धनुर्धर हुन असम्भव हो ।”

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ९ : २५ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि