चीनमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक | Khabarhub Khabarhub

चीनमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहानको एक इन्ष्टिच्यसटमा भाइरसले भरिएको फ्रिज लिक भएको दावीसहितका तस्वीरहरु सार्वजनिक भएका छन् ।

वुहान इन्टिच्युट अफ भाइरोलोजीको एक फ्रिजको टुटेको सिलबाट भाइरस बाहिरिएको दावीसहितका तस्वीरहरु सार्वजनिक भएका हुन् ।

वुहानको इन्टिच्युट अफ भाइरोलोजीको ती तस्वीर पहिलो पटक सन् २०१८ मा चाइना डेली न्युजपेपरले ट्वीटरमार्फत सार्वजनिक गरेको केही समयमै डिलिट गरिएका ती तस्वीरलाई केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले पुनः भाइरल बनाइरहेका छन् ।

तस्वीर : मेट्रो डट सिओ डट यूके ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चाइना डेली पत्रिकाले ल्याबका तस्वीरमा ‘एसियाकै सबैभन्दा ठूलो भाइरस बैंकको एक दृश्य ! सेन्ट्रल चीनको हुबेईस्थित वुहान इन्टिच्युट अफ भाइरोलोजी, जहाँ १५०० भन्दा धेरै भाइरसको संरक्षण गरेर राखिएको छ ।’ भन्ने क्यासन लेखिएको उल्लेख गरेका छन् ।

सन् २०१८ मा चाइना डेलीले सार्वजनिक गरेको तस्वीरहरु । फोटो : डेलीमेल ।

कतिपय सञ्चारमाध्यमहरुले पहिलेको मिति नै सच्याएर सार्वजनिक गरेका तिनै तस्वीरका आधारमा अमेरिका चीनप्रति रुष्ट भएको र चीनले तथ्य लुकाउँदै आएको आरोप लगाउने गरेको बताएका छन् ।

ट्रम्पले बारम्बार डब्ल्युएचओ पूर्वाग्रही भएको आरोप लगाउँदै चीनमाथि छानविन गर्ने समेत चेतावनी दिदै आएका थिए । शुक्रबार मात्रै पनि ट्रम्पले अमेरिकाको तर्फबाट वुहान इन्टिच्युटका लागि दिने आर्थिक सहायता नदिने घोषणा गरेका थिए ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले पनि ल्याबबाट भाइरस लिक भएको विषयमा बेइजिङले सत्य सत्य जानकारी गराउनु पर्ने बताउँदै आएका छन् ।

वासिङ्टन पोष्टको एक रिपोर्टलाई आधार मान्ने हो भने  अमेरिकालाई वुहानबाट महामारी फैलिँदैछ भन्ने जानकारी पहिल्यै नै थियो ।

अमेरिकी राजनीतिज्ञले वुहानको ल्याबमा भएका जानकारी अमेरिकी सरकारलाई गराएका र त्यसमा चमेरो सम्बन्धी भाइरसका विषयमा महत्वपूर्ण सूचना भएको उल्लेख गरिएको छ । चीनले भने उक्त आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ५७ बजे

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी

जेनजी आन्दोलन : भदौ २३ को बर्बरता र मनोवैज्ञानिक प्रभाव

राजु झल्लु प्रसादअमेरिकाको ९/११ घटनाको सम्बन्धमा मैले “आतंकवादी आक्रमणप्रति मानसिक

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतान्त्रिक विधि प्रक्रियामार्फत संविधान

दसैँ नजिकिएसँगै बजार झरे लेकाली भेडाच्याङ्ग्रा

म्याग्दी – दसैँ नजिकिँदै गर्दा हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार