उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४० पुग्यो « Khabarhub

उदयपुरमा थप ८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४० पुग्यो


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४० पुगेको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा गरिएको पीसीर परीक्षणबाट उदयपुरका ८ जना व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ८ जना मै कोरोना पोजेटिभ देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले खबरहबसँग भने, ‘वीपी कोइरालामा गरिएको परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको हो । सबैजना पुरुष छन् भन्ने कुरा आएको छ । उनीहरुको विषयमा थप जानकारी लिन लागिरहेका छौं ।’

उनीहरुको यसअघि केशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणको नतिजा संकास्पद आएपछि  थ्रोड स्वाब धरान लगेर पुनः पीसीआर विधिबाट परीक्षण गरिएको हो । ८ जना संक्रमतिलाई अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

बीवफ कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशालामा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्य मन्त्रालयले ८ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेको हो ।

यसअघि आजको पत्रकार सम्मलेनमा पनि उदयपुरका थप एकजना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरकै ३३ वर्षीया पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

नेपालमा कोरोना कोरोनाको संक्रमण देखिएकामध्ये ५ जना निको भएर घर फर्किसकेका छन् । बाँकी ३५ जना विभिन्न अस्पतालमा उपचारत छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ४२ बजे

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख