उदयपुरका थप ११ जनामा कोरोनाको पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ४२ पुग्यो « Khabarhub

उदयपुरका थप ११ जनामा कोरोनाको पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ४२ पुग्यो


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर –  उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ११ जना स्थानीयवासीमा कोरोना भाइरसको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ४२ पुगेको छ ।

मंगलबार मात्रै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिद टोलका थप ११ जनामा पनि कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो भने बाँकी ८ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ नतिजा देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।

कोरोनाको संक्रमण देखिएका ११ जनाको कोशी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आज ९ जना पुरुष र २ जना महिला गरी ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

आज पुष्टि भएका भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना रहेका छन । हालसम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ | संक्रमित ४२ मध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा उपचाररत सबैको अवस्था सामान्य रहेको मन्त्रालयद्वारा विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ४३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक