प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुग्यो « Khabarhub

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुग्यो


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार राति अद्यावधिक गरेको विवरण अनुसार प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

प्रदेश १ का अनुसार झापामा १५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ पुगेको छ ।

जहाँ निको हुनेहरुको संख्या २६ रहेको छ । पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको प्रदेश १ ले जनाएको छ ।

यसैबीच झापामा बुधबार देखिएका १५ जना कोरोना संक्रमित मध्ये कचनकवलका १० जना रहेको जनाइएको छ ।

झापामा संक्रमित हुनेको २७ पुगेको छ। विगत केही समय यता भारतबाट आएकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि हुने क्रम बढिरहेको छ।

बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु भएको खुलेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : २७ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको