थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ४४४ पुग्यो « Khabarhub

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ४४४ पुग्यो


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-   नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान ६:५० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा थप संक्रमण पुष्टि भएको बताइएको छ। थप संक्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एक जना महिला छिन्।

संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : ५२ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको