पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए « Khabarhub

पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १९३ जना सङ्क्रमित भएका हुन् ।

योसँगै देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार ९१ पुगेको पनि अधिकारीहरुले बताएका छन् ।

उनीहरुले अहिलेसम्म कोरोनाका कारण एक हजार १७ जनाको मृत्यु भएको र ती मध्ये ३२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि जानकारी दिएका छन् ।

देशभरी अहिलेसम्म एकैदिनमा सवैभन्दा धेरै परीक्षण पनि बुधबार नै गरिएको छ । बुधबार मात्रै १५ हजार ३४६ जनाको कोरोनाभाइरस परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

उनीहरुका अनुसार अहिलेसम्म देशभरी कुल चार लाख २९ हजार छ सय भन्दा बढीको परीक्षण गरिएको छ ।

सङ्क्रमित मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेका छन् । सिन्ध प्रान्तमा मात्रै १८ हजार ९६४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसपछि दोस्रो धेरै सङ्क्रमित रहेको पन्जावमा छ हजार ८१५ जना, तेस्रो धेरै रहेको खैबर पख्तुन्खवामा ६ हजार ८१५ जना र बालुचिस्तानमा दुई हजार ९६८ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी केन्द्रीय राजधानी रहेको इस्लामावादमा एक हजार २३५ जना, गिल्गित बालोचिस्तानमा ५७९ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १४८ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

देशभरी कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म १४ हजार १५५ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : १४ बजे

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सम्वतकाे नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौं – विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६

सन् २०२५ मा तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख