पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए « Khabarhub

पाकिस्तानमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण पाकिस्तानमा गत २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै दुई हजार १९३ जना सङ्क्रमित भएका हुन् ।

योसँगै देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ४८ हजार ९१ पुगेको पनि अधिकारीहरुले बताएका छन् ।

उनीहरुले अहिलेसम्म कोरोनाका कारण एक हजार १७ जनाको मृत्यु भएको र ती मध्ये ३२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको पनि जानकारी दिएका छन् ।

देशभरी अहिलेसम्म एकैदिनमा सवैभन्दा धेरै परीक्षण पनि बुधबार नै गरिएको छ । बुधबार मात्रै १५ हजार ३४६ जनाको कोरोनाभाइरस परीक्षण गरिएको स्वास्थ्य अधिकारीहरुको भनाइ छ ।

उनीहरुका अनुसार अहिलेसम्म देशभरी कुल चार लाख २९ हजार छ सय भन्दा बढीको परीक्षण गरिएको छ ।

सङ्क्रमित मध्ये सबैभन्दा धेरै सिन्ध प्रान्तमा रहेका छन् । सिन्ध प्रान्तमा मात्रै १८ हजार ९६४ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसपछि दोस्रो धेरै सङ्क्रमित रहेको पन्जावमा छ हजार ८१५ जना, तेस्रो धेरै रहेको खैबर पख्तुन्खवामा ६ हजार ८१५ जना र बालुचिस्तानमा दुई हजार ९६८ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी केन्द्रीय राजधानी रहेको इस्लामावादमा एक हजार २३५ जना, गिल्गित बालोचिस्तानमा ५७९ जना र पाकिस्तान नियन्त्रित काश्मिरमा १४८ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।

देशभरी कोरोनाभाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म १४ हजार १५५ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : १४ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर