मुलुकका विभिन्न भू-भागमा वर्षा, कस्तो रहला आगामी २४ घण्टाको मौसम ? « Khabarhub

मुलुकका विभिन्न भू-भागमा वर्षा, कस्तो रहला आगामी २४ घण्टाको मौसम ?


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा न्यून चापीय प्रणाली तथा प्रदेश १ देखि कर्णालीसम्म सक्रिय बनेको मनसुनी वायु एवं सुदूरपश्चिममा सक्रिय रहेको पश्चिमी वायुका कारण मुलुकका विभिन्न भू-भागमा दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

अहिले गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका केही स्थानहरूमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ |

गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश ५ गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने तथा डुबानको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ३५ बजे

झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने

भद्रपुर– जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने

त्रिशूलीमा हाल्न मिल्ने बेलीब्रिज विश्वमै नभएको मन्त्री लम्सालको दाबी

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढी प्रभावितलाई दशैँ

कांग्रेस उपसभापतिमा विनोद चौधरीको उम्मेदवारी दर्ता

काठमाडौँ – उद्योगी एवं कांग्रेस नेता विनोद चौधरीले नेपाली कांग्रेसकक

साइबेरियाको प्लेग सेन्टरमै प्राविधिकको मृत्यु : ट्रम्प प्रशासनको कडा निगरानी 

 काठमाडौँ– रुसको साइबेरियास्थित एक संवेदनशील प्लेग अनुसन्धान केन्द्रमा कार्यरत युवा महिला

कांग्रेस महाधिवेशन : महामन्त्रीमा डा. डिला संग्रौलाको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले पार्टीको १५औँ