भारत – चीन तनाव नियालिरहेका छौँ – ट्रम्प « Khabarhub

भारत – चीन तनाव नियालिरहेका छौँ – ट्रम्प


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनाव नियालिरहेको बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर पत्रकारसँग कुराकानी गर्दै उनले भारत – चीनबीचको तनावलाई नियालीरहेको र आवश्यक परे सहयोगका लागि इच्छुक रहेकोसमेत उनले जनाएका छन् ।

‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारत र चीनसँग कुरा गरिरहेका छौं । यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामी हेरिरहेका छौं । हामी उनीहरुलाई सहयोग गर्ने कोसिस गरिरहेका छौं ।’

यही जुन १५ मा लद्दाखको गलवानमा चीन र भारतका सैनिकबीच भएको हिंसात्मक झडपपछि राष्ट्रपति ट्रम्पले पहिलो पटक प्रतिक्रिया जनाएका हुन् । यसअघि उनले दुई मुलुकबीचको सीमा विवादमा आवश्यक परे मध्यस्तता गर्न पनि अमेरिका तयार रहेको प्रतिक्रिया जनाइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५७ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले