पहिरोमा पुरिएका चालकको मृत्यु « Khabarhub

पहिरोमा पुरिएका चालकको मृत्यु


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – पहिरोले जीप पुर्दा गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका –३ का जीप चालक प्रदीप पुनको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा सन्धिखर्क अस्तालमा शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएर उपचारत २७ वर्षीय रमेश राना भने उपचारपछि घर फर्किएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कबाट धुर्कोट –३ हाडहाडेतर्फ जाँदै गरेको ग १ ज ३९९७ नम्बरको जीप शनिबार अपराह्न सडकमाथिबाट खसेको पहिरोले पुर्दा धुर्कोट–३ का १९ वर्षीय तुल्सीराम काउछाको घटनास्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा परी घाइते भएका अन्य तीन जनाको अवस्था सामान्य छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ११ : २५ बजे

वृद्धमाथि अभद्र व्यवहार गर्ने पक्राउ परेपछि गृहमन्त्रीले भेटेर भने– ‘म निदाउनै सकिनँ’

ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

आज २०८२ साल चैत १८ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत १८ गते बुधबार चैत

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्