प्रदर्शन नरोकिएपछि संघीय सुरक्षाफौजलाई प्रमुख शहरहरूमा परिचालन गर्ने ट्रम्पको चेतावनी « Khabarhub

प्रदर्शन नरोकिएपछि संघीय सुरक्षाफौजलाई प्रमुख शहरहरूमा परिचालन गर्ने ट्रम्पको चेतावनी


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमुख शहरहरूमा संघीय सुरक्षा फौज परिचालन गर्ने चेतावनी दिएका छन् ।

गत मे महिनामा एक अश्वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमा नै मृत्यु भएपछि जारी प्रदर्शन नरोकिएपछि ट्रम्पले कानून कार्यान्वयन गराउने सङ्घीय अधिकारीहरूलाई अमेरिकाका प्रमुख शहरहरूमा पठाउने चेतावनी दिएका हुन्।

ओरेगन पठाइएका सङ्घीय सुरक्षा अधिकारीहरूले प्रदर्शनहरू भइरहेको पोर्टल्याण्डमा ‘उत्कृष्ट काम गरेको’ बताउँदै उनले प्रदर्शन भएका प्रमुख शहरहरूमा पनि संघीय सुरक्षाफौज पठाउने बताएका हुन्।

स्थानीय अधिकारीहरूले भने सङ्घीय अधिकारीहरूले खासै राम्रो काम गर्न नसकेको र, अवस्था झन् खराब बनाएको बताएका छन्।

राज्यस्तरका नेताहरूले पोर्टल्याण्डबाट सङ्घीय सुरक्षा अधिकारीलाई हटाउन ट्रम्पसमक्ष माग गरेका छन्।

तर, सोमवार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले न्यूयोर्क, सिकागो, फिलडेलफिया, डेट्रोइट, बल्टिमोर र ओकल्याण्डमा संघीय सुरक्षाफौज पठाउने संकेत गरेका छन् ।

 

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ०५ बजे

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

तुलसीपुर– दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने

देशमै युवाको भविष्य सुनिश्चित गर्छौँ : रास्वपा उम्मेदवार बम

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ का रास्वपा उम्मेदवार पुकार बमले भ्रष्टाचारको

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

जेनेभा– नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं– नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा

मिथिलाञ्चलको गाउँगाउँमा जोगिरा सुरु

जलेश्वर– होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’  (एक प्रकारको होलीको