अमेरिकाद्वारा हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध « Khabarhub

अमेरिकाद्वारा हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि कम्पनी हुवावेका कर्मचारीको भिसामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले हुवावेका सामग्री वितरण गर्नेहरुमाथि पनि प्रतिबन्ध लगाएको जनाइएको छ ।
हुवावेले मानवअधिकारको दुरूपयोग गरेको भन्दै उक्त प्रतिबन्ध लगाएको अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले जनाएका छन् ।
‘विश्वभरका टेलिकम्युनिकेशन कम्पनीहरूले आफैंलाई ध्यानमा राख्नुपर्छ, यदि उनीहरुले हुवावेसँगै व्यवसाय गरिरहेका छन् भने उनीहरू मानवअधिकार दुरुपयोग गर्नेहरूकासाथ व्यवसाय गरिरहेका छन्,’ उनले भने ।
हुवावेले चिनियाँ कम्युनिस्ट पार्टीका सेनालाई सूचना पुर्‍याउने काम गरेको आरोप लाग्दै आएको छ । चीनले सिन्जियाङमा व्यापक मानवअधिकार उल्लंघन गरेकोसमेत आरोप लगाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरु ‘विश्वासका लायक’ नभएको बताउँदै भनेका थिए, ‘हामी विश्वासघात चिनियाँ कम्पनीसँग कारोबार गर्न चाहदैनौं, हामीले धेरै मुलुकहरुलाई यसबारेमा बताएका छौं कि हुवावे एक ठूलो खतरा हो ।’

अमेरिकाले चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हुवावे र जेडटीई कर्पलाई ठूलो खतराको रुपमा चित्रण गरेको छ ।
यसअघि बेलायतले पनि हुवावेलाई आफ्नो ५ जी नेटवर्कबाट प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ३९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क