बुलिङटारमा पहिरोले घर पुरिँदा २ बेपत्ता, बाढीले पिकअप भ्यान बगायो « Khabarhub

बुलिङटारमा पहिरोले घर पुरिँदा २ बेपत्ता, बाढीले पिकअप भ्यान बगायो


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर । पूर्वी नवलपरासीको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाको डाँडाझेरी टाँडीमा पहिरोले घर पुरिँदा २ जना बेपत्ता भएका छन् ।

बुलिङटार गाउँपालिका २ डाडाझेरी टाँडीस्थित शेरबहादुर सार्कीको घर मंगलवार विहान पुरिँदा ७० वर्षीय शेरबहादुर र उनकी श्रीमति बेपत्ता भएको बुलिङटार गाउँपालिकाका अध्यक्ष शशी बस्ताकोटीले जानकारी दिए । सुतेकाबेला बिहान ३ बजेतिर एक्कासी पहिरो खसेर घर पुरेको स्थानीयले बताए ।

बुलिङटारबाट प्रहरीटोली बिहान घटनास्थलतर्फ गएको नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । पहिरोले पुरेको ठाउँमा पुग्न दुई घण्टा पैदल हिड्नुपर्ने भएकाले प्रहरी घटनास्थल पुगिनसकेको उनले बताए ।

बाढीले पिकअप भ्यान बगायो

पूर्वी नवलपरासीकै विनयी त्रिवेणी ४ स्थित भित्रि सडक खण्डमा दुम्किबासबाट पितरीतर्फ जाँदै गरेको लु २ च ६१७१ नम्बरको पिकअप भ्यान स्थानीय खहरे खोलाले बगाएको छ । गएराती बाढीले बगाएको पिकअप २५ मिटर तल फेला परेको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए । घटनामा मानवीय क्षति भने नभएको खाँडले जानकारी दिए ।

बोटेबस्तीका ३० घर डुबानमा

नवलपुरकै गैडाकोट नगरपालिका २ स्थित बोटेबस्तीका ३० घर डुबानमा परेको छ । प्रजिअ घिमिरेले सोमबार बेलुका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ३६ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय