सात वर्षदेखि केहि नखाई बाँचेको अनौठो जीव « Khabarhub

सात वर्षदेखि केहि नखाई बाँचेको अनौठो जीव


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा केहि यस्ता अनौठा जीव पनि छन् जसको विशेषताका बारेमा जानेर जो कोहि आश्चर्यमा पर्ने गर्दछन् ।

केहि यस्ता जीव छन् जो कैयौ दिनसम्म केहि नखाई पनि बाच्न सक्दछन् । आज हामी यस्तै एक दुर्लभ जीवका बारेमा चर्चा गर्नेछौ । जो केहि नखाई केहि दिन वा महिना मात्र होइन कैयौं बर्षसम्म जीवित रहन सक्दछ ।

दक्षिण पूर्व यूरोपको देश बोस्निया र हर्जेगोविनामा पाइने सेलामण्डर नामक एक जीव पानी भित्रका गुफामा पाइने गर्दछ । यो जीव करीब ७ बर्षभन्दा बढि समयदेखि आफ्नो ठाँउबाट हल्लिएको समेत छैन । अर्थात ७ बर्षदेखि यो जीव केहि नखाई बाँचिरहेको छ ।

वैज्ञानिकका अनुसार सेलामण्डरको छाला र अविकसित आखाँका कारण यो अन्धो हुन्छ । सायद यहि कारणले पनि यो जीव आफ्नो ठाँउबाट नहल्लिएको हो । जबकी ७ बर्षसम्म एकै स्थानमा नहल्लीकन बस्नु अत्यन्त कष्टकर हुन्छ ।

सेलामण्डर आफ्नो पुरा जीवन पानी भित्रै बिताउने गर्दछ । यसको उमेर १ सय बर्ष हाराहारीको हुने गर्दछ । यो जीव जुन गुफामा बस्दछन् त्यहाँ उनीहरुको भोजन हत्तपत पाइदैन । जसका कारण केहि नखाई पनि सेलामण्डर वर्षाैसम्म जिउँदो रहन सक्दछन् । एजेन्सीको सहयोगमा ।

तस्वीर : सामाजिक सञ्जाल

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ९ : ५१ बजे

मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै ओलीले भने-  ‘एमालेलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको