४ महिनापछि लकडाउन अन्त्यको घोषणा, भदौ १ देखि अधिकांश क्षेत्र खुला « Khabarhub

४ महिनापछि लकडाउन अन्त्यको घोषणा, भदौ १ देखि अधिकांश क्षेत्र खुला


६ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना भाइरसको महामारीबाट जोगिन भन्दै सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउन १२०औँ दिनमा अन्त्य भएको घोषणा गरेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविध मन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

सरकारले नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएपछि गत चैत्र ११ गतेदेखि लकडाउन गरेको थियो । सरकारको उक्त घोषणासँगै १२१औँ दिनमा लकडाउन अन्त्य भएको छ। तर, चैत्र ११ पूर्वझैँ सामान्य अवस्थाका सबै प्रतिबन्धहरू अझै खुलाइएको छैन ।

साउन १५ देखि होटल, रेस्टुरेन्ट खुला हुने

सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डअनुसार साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट सेवा सञ्चालन गर्न दिइने भएको छ ।

मन्त्रिपरिषद् बैठकले होटल, रेस्टुरेन्ट खुला गर्ने तर सामूहिक भोज, पार्टी, सेमिनार गर्न नपाइने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटनसँग सम्बन्धी ट्रेकिङ, ट्राभल, पर्वतारोहण एजेन्सी खुल्ने, बुकिङ सुरू गर्न दिइने भएको छ ।

साउन ३२ सम्म नाकाबाट प्रवेश निषेध

सरकारले अरु राष्ट्रबाट स्थलमार्ग भइ नेपाल प्रवेशमा लगाइएको प्रतिबन्ध साउन ३२ सम्म पुर्‍याएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल प्रवेश बिन्दु र खुला सीमाको आवागमन साउन ३२ गते आइतबार मध्यरातसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता खतिवडाले जानकारी दिए ।

यसअघि अन्तर्राष्ट्रिय नाकाबाट साउन ६ गते मध्यरातसम्म प्रवेशमा रोक लगाइएको थियो ।

छिमेकी मुलुकहरूले कोरोना संक्रमणबाट जोगाउन अपनाइएको नीतिअनुसार नेपालले पनि उक्त निर्णय लिइएको प्रवक्ता खतिवडा बताए ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका बिहार, उत्तर प्रदेशलगायत राज्यमा कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।

भदौ १ देखि लामो दूरीका यातायात पनि चल्ने

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै लामो दूरीका सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा हुने, पठनपाठन भने नहुने

सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको छ ।

यस्तै लकडाउनमा स्थगित गरिएका तर, के गर्ने भनेर निर्णय भइनसकेका परीक्षा पनि अब नरोकिने भएका छन् । तर पठनपाठन भने त्यो मितिबाट नहुने बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरेर शैक्षिक कार्यक्रम अघि बढाउन दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ७ : ५९ बजे

बेपत्ता कर्मचारीमाथि कारबाही एक्सन सुरु, नार्कबाट सुरुवात

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बेपत्ता रहेका कर्मचारी

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर

दशरथचन्द– यहाँ निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ