यी हुन् कोरोनाका खास ३ लक्षण, कसरी ज्यान बचाउने ? « Khabarhub

यी हुन् कोरोनाका खास ३ लक्षण, कसरी ज्यान बचाउने ?


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ब्रिटेनको नेसनल हेल्थ सर्भिसले कोरोना भाइरसको संक्रमणका खास तीन लक्षण औंल्याएको छ। जुन लक्षण देखिनेबित्तिकै सावधानी अपनाएर तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्नेछ।

ती ३ लक्षण के के हुन् त ?

लगातार खोकी : कोरोना संक्रमणको एउटा प्रमुख लक्षण लगातार खोकी लाग्नु हो। एक घण्टा वा यसभन्दा बढी समय खोकी लाग्न सक्छ। २४ घण्टाभित्र यस्तो कम्तीमा तीनपटक हुन सक्छ। लगातार खोकी लागिरह्यो भन्ने कोरोना संक्रमणको शंका गर्नुपर्छ।

ज्वरो : उच्च ज्वरो अर्थात् शरीरको तापक्रम १३६–३७ डिग्री सेल्सियसभन्दा बढी आएमा।

गन्ध तथा स्वाद थाहा नपाउने : गन्ध तथा स्वाद थाहा पाउन छाडियो भने पनि त्यो कोरोना संक्रमणको लक्षण हुन सक्छ।

विशेषज्ञका अनुसार कसैमा यीमध्ये कुनै लक्षण देखापरेमा उसले घरमा अलग्गै (आइसोलेसन) मा बस्न थाल्नुपर्छ। यसो गर्दा अर्काे व्यक्तिमा संक्रमण सर्न पाउँदैन।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार चिसो लाग्ने, शरीर काँपेको महसुस हुने, मांसपेशी दुख्ने तथा घाँटीमा खसखस लाग्नु पनि कोरोना संक्रमणका संकेत हुन्।

कोरोना भाइरसको संक्रमण भएको औसतमा ५ दिनसम्ममा लक्षण देखिन्छन् भने कतिपयलाई योभन्दा बढी समय पनि लाग्न सक्छ। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० का अनुसार भाइरस शरीरमा प्रवेश गरेको १४ दिनसम्ममा लक्षण देखापर्न सक्छन्।

कस्तो अवस्थामा अस्पताल भर्ना आवश्यक पर्छ ?

कोरोना संक्रमण भएका धेरैजसोलाई आराम गर्दा र पारासिटामोलजस्ता ज्वरो तथा दुखाइ कम गर्ने औषधि खाँदा ठीक हुन्छ।

तर जब सास लिन अप्ठेरो हुन थाल्छ, तब अवस्था जटिल बन्छ। त्यस्तो अवस्थामा भने अस्पताल भर्ना हुनुपर्छ। संक्रमणको अवस्था कस्तो छ, बिरामीलाई अक्सिजन वा भेन्टिलेटर आवश्यक छ छैन भन्ने कुरा विशेषज्ञले सम्बन्धित व्यक्तिको फोक्सो जाँच गरेर निर्धारण गर्छन्। -बीबीसीबाट

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ८ : ३३ बजे

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई