कञ्चनपुरमा आजदेखि घर बाहिर निष्कन कडाई « Khabarhub

कञ्चनपुरमा आजदेखि घर बाहिर निष्कन कडाई


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६(३)बमोजिम बिहीबार राति १२ बजे देखि यही भदौ १४ गते राति १२ बजेसम्म कञ्चनपुर जिल्लाभर लागु हुनेगरी औषधी खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आदेश जारी गरेका छन्।

जारी आदेशअनुसार अत्यावश्यक कार्यका लागि घर बाहिर निस्किँदा अनिवार्यरुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने, निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान जोरबिजोरको आधारमा सञ्चालन गर्ने व्यवस्था कडाईका साथ लागु गर्ने आदेश जारी गरिएको छ ।

कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धि कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने सवारी साधन चल्न दिइने छ ।

कार्यालय प्रमुखले तोके बमोजिम न्यूनतम सङ्ख्यामा कार्यालयमा उपस्थीत हुने कर्मचारीले कार्यालयमा जान र कार्यालयमा फर्कनका लागि क्रमशः बिहान ९:३० बजेदेखि १०:३० सम्म र दिउँसो ४:३० बजेदेखि ५:३० बजेसम्म फोटो सहितको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउने छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ८ : ५९ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका