कञ्चनपुरमा आजदेखि घर बाहिर निष्कन कडाई « Khabarhub

कञ्चनपुरमा आजदेखि घर बाहिर निष्कन कडाई


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक कार्यवाहेक घरबाहिर निष्कन नपाउने नियम लागु गरेको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय ऐन, २०२८ को दफा ६(३)बमोजिम बिहीबार राति १२ बजे देखि यही भदौ १४ गते राति १२ बजेसम्म कञ्चनपुर जिल्लाभर लागु हुनेगरी औषधी खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले आदेश जारी गरेका छन्।

जारी आदेशअनुसार अत्यावश्यक कार्यका लागि घर बाहिर निस्किँदा अनिवार्यरुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने, निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधान जोरबिजोरको आधारमा सञ्चालन गर्ने व्यवस्था कडाईका साथ लागु गर्ने आदेश जारी गरिएको छ ।

कोभिड–१९ को संक्रमण जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धि कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा सञ्चालन हुने सवारी साधन चल्न दिइने छ ।

कार्यालय प्रमुखले तोके बमोजिम न्यूनतम सङ्ख्यामा कार्यालयमा उपस्थीत हुने कर्मचारीले कार्यालयमा जान र कार्यालयमा फर्कनका लागि क्रमशः बिहान ९:३० बजेदेखि १०:३० सम्म र दिउँसो ४:३० बजेदेखि ५:३० बजेसम्म फोटो सहितको परिचय पत्रको आधारमा आवतजावत गर्न पाउने छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ८ : ५९ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा