छत्रेश्वरी गाउँका दुई दर्जन बढी घर पहिरोको जोखिममा « Khabarhub

छत्रेश्वरी गाउँका दुई दर्जन बढी घर पहिरोको जोखिममा


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- अविरल वर्षापछि आएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिकामा वितण्डा मच्चाएको छ । पहिरोमा चामी गाउँका झन्डै एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय महोलाल खत्रीका दुई घर, बलबहादुर खत्रीका दुई घर, नवीन केसी, त्रिभान खत्री, तुलसीराम डाँगीका घर पहिरोको जोखिममा छन् ।

पहिरोले ठूलो मात्रामा मकैबाली बगाएको छ भने घरभित्र रहेका अन्नबाली पुरिएको पीडित नवीन केसीले बताए । पानी नरोकिएर अझै धरै क्षति हुने उहाँको भनाइ छ ।

यस्तै वडा नं २ मा पनि एक दर्जन घर जोखिममा परेका छन् । वडा नं २ का टीकाराम बस्नेतको घर भत्किएको वडाध्यक्ष प्रेम खड्काले जानकारी दिए ।

दहखोलाले टोपबहादुर डाँगी, कृतिबहादुर बस्नेत, प्रेम केसी, लक्ष्मण केसी, अम्मरसिंह विक, टीकाराम खड्कालगायतको घर पहिरोको जोखिममा रहेको खड्काले बताए।

यस्तै चामी गाउँसँगै जोडिएको रोल्पा गंगादेव गाउँपालिका–३ का टीकाराम खत्री र करण खत्रीका चार घर पनि पहिरोको उच्च जोखिममा छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमौचार र प्रहरी चौकी पातिहाल्नको प्रहरी टोली पुगी उद्धार कार्यमा जुटेको छ । जोखिममा रहेका घरहरूको मानिस र सरसामान अन्यत्र स्थानान्तरण गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि आएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिका–१ चामीमा २ जना घाइते भएका छन् । गएराति आएको पहिरोमा परी ३० वर्षीया कमला केसी र उहाँका ८ वर्षीय छोरा समीर केसी घाइते भएका हुन् ।

घाइते आमाको बागचौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ भने छोराको थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छत्रेश्वरी गाउँपालिका–१ का वडासदस्य प्रकाश हमालले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ३९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा