छत्रेश्वरी गाउँका दुई दर्जन बढी घर पहिरोको जोखिममा « Khabarhub

छत्रेश्वरी गाउँका दुई दर्जन बढी घर पहिरोको जोखिममा


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- अविरल वर्षापछि आएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिकामा वितण्डा मच्चाएको छ । पहिरोमा चामी गाउँका झन्डै एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय महोलाल खत्रीका दुई घर, बलबहादुर खत्रीका दुई घर, नवीन केसी, त्रिभान खत्री, तुलसीराम डाँगीका घर पहिरोको जोखिममा छन् ।

पहिरोले ठूलो मात्रामा मकैबाली बगाएको छ भने घरभित्र रहेका अन्नबाली पुरिएको पीडित नवीन केसीले बताए । पानी नरोकिएर अझै धरै क्षति हुने उहाँको भनाइ छ ।

यस्तै वडा नं २ मा पनि एक दर्जन घर जोखिममा परेका छन् । वडा नं २ का टीकाराम बस्नेतको घर भत्किएको वडाध्यक्ष प्रेम खड्काले जानकारी दिए ।

दहखोलाले टोपबहादुर डाँगी, कृतिबहादुर बस्नेत, प्रेम केसी, लक्ष्मण केसी, अम्मरसिंह विक, टीकाराम खड्कालगायतको घर पहिरोको जोखिममा रहेको खड्काले बताए।

यस्तै चामी गाउँसँगै जोडिएको रोल्पा गंगादेव गाउँपालिका–३ का टीकाराम खत्री र करण खत्रीका चार घर पनि पहिरोको उच्च जोखिममा छन् ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दमौचार र प्रहरी चौकी पातिहाल्नको प्रहरी टोली पुगी उद्धार कार्यमा जुटेको छ । जोखिममा रहेका घरहरूको मानिस र सरसामान अन्यत्र स्थानान्तरण गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षापछि आएको पहिरोले सल्यानको छत्रेश्वरी गाउँपालिका–१ चामीमा २ जना घाइते भएका छन् । गएराति आएको पहिरोमा परी ३० वर्षीया कमला केसी र उहाँका ८ वर्षीय छोरा समीर केसी घाइते भएका हुन् ।

घाइते आमाको बागचौर नगरपालिकास्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ भने छोराको थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छत्रेश्वरी गाउँपालिका–१ का वडासदस्य प्रकाश हमालले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ३९ बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा