बुटबल कोरोना अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु « Khabarhub

बुटबल कोरोना अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ ।

उनको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।

प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई चार दिन अघि अस्पतालमा उपचारका लागि पुर्याइएको थियो। साउन अन्तिम साता भारतबाट आएका उनी स्थानीय क्वारेन्टिनमा बसेका थिए।

त्यहि क्रममा गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख नेत्रबहादुर रोकाले जानकारी दिए। उनी दमका दीर्घरोगी र उच्च रक्तचापको औषधी पनि सेवन गरिरहेका बिरामी रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ९ : ४० बजे

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा