रामेछापमा निषेधाज्ञा जारी: थप प्रहरी परिचालन « Khabarhub

रामेछापमा निषेधाज्ञा जारी: थप प्रहरी परिचालन


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप – कोरोना सङ्क्रमण बढ्न नदिन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यही भदौ १३ गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताइन् ।

निषेधाज्ञामा अत्यावश्यक सेवा, खाद्य पदार्थ, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विद्युत्, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापनबाहेक अन्य सबै प्रकारका उद्योग, व्यापारव्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ ।

औषधि, खाद्य पदार्थ तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका काममा बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।

अत्यावश्यक कार्यमा मास्कविना घर बाहिर निस्कन पनि रोक लगाइएको छ । फुटपाथ र खुला ठाउँ, ठेलागाडा, साइकल र हाटबजारमा पसल व्यापार सञ्चालन गर्न निषेध गरिएको छ ।

एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, विद्युत्, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, निर्माण सामग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमतिप्राप्त साधनबाहेक सबै सार्वजनिक र निजी सवारी साधन मोटरसाइकलसमेत सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रशासनले शैक्षिक संस्था, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सामूहिक जमघट, सभा, जुलूस, मनोरञ्जनस्थल, सेलुन, पार्लर, हेल्थ क्लब र खेलकूद गर्न निषेध गरेको छ ।

दैनिक रुपमा घरपरिवारभित्र हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न पनि रोक लगाइएको छ ।

होटल र रेष्टुरेन्ट सञ्चालन गर्नसमेत प्रतिबन्ध लगाइएको छ । जिल्लाका प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ती, धारापानी, साँघुटारलगायत प्रवेश नाकाबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल आवतजावत गर्नसमेत रोक लगाइएको छ ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जिल्लाका मुख्य नाका र बजार क्षेत्रमा प्रवेश गर्ने चोकमा थप प्रहरी परिचालन गरिएको बताए ।

सहकारी, वित्तीय सङ्घसंस्थाले समुदायमा गई बचत सङ्कलन गर्न पाउने छैनन् । स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य वस्तु बिक्री गर्ने, खाद्य पदार्थलगायत अत्यावश्यक सेवाका पसल बिहान ५ देखि ९ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

सबै सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्न र सोबाहेकका अन्य कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै कार्य गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनुपर्ने प्रशासनले आदेश दिएको छ ।

बैक, वित्तीय संस्था र सहकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म मात्र सञ्चालन भएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ३२ बजे

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवाद, उच्च अदालत जनकपुरले थाल्यो नयाँ अभ्यास

काठमाडौं– उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ

युरेनियम पुनःप्राप्ति कठिन हुने ट्रम्पको चेतावनी

एजेन्सी– आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको