नेप्से परिसूचक १६.४७ अंकले घट्यो
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ०.६२ प्रतिशतको गिरावट हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३४ अङ्कले घटेर ४६७.६७ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक १.११ अङ्कले घटेर १८०.०७ विन्दुमा र सेन्सेटिभ फ्लोट परिसूचक ०.४८ अङ्कले घटेर १५७.८८ विन्दुमा कायम भएको छ।
आज कुल १ करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार ४१४ रुपैयाँमा कारोबार भएको छ।
बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब
प्राधिकरणको प्रष्टीकरण- राहुघाट जलविद्युत आयोजना सञ्चालनमा आउन १० दिन लाग्छ
नेपाल विद्युत प्राधिकरणले असोज ९ गतेदेखिको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेकाले नियमित विद्युत् प्रसारणमा समस्या भएको जनाएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढीका कारण आकस्मिक रुपमा बन्द गरिएका केही उत्पादन केन्द्रहरू सञ्चालनमा आइसकेको र टावरमा क्षति पुगेका कारण अवरुद्ध उत्पादन केन्द्रहरू सञ्चालनमा आउन केही समय लाग्ने समेत जनाएको छ ।

वर्षापछिको बाढीका कारण राहुघाट जलविद्युत आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको तथा टर्बाइन फ्लोरमा पानी पसेकाले सफा गरी सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए ।
टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री














प्रतिक्रिया