नदीमा दुई जना बेपत्ता « Khabarhub

नदीमा दुई जना बेपत्ता


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशअन्तर्गत पर्वत र लमजुङ जिल्लामा दुई जना बेपत्ता भएका छन् ।

पर्वतको बिहादी गाउँपालिका—४ का ४२ वर्षीय बिष्णुप्रसाद भुषाल आफ्नै घरदेखि तीन किलोमिटर टाढा काली गण्डकी नदी किनारमा आफूले लगाएको टिसर्ट, कटु र मोबाइल राखी बेपत्ता भएको जानकारी प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आज दिउँसो अन्दाजी १ः०० बजे उक्त घटना घटेको हो ।

त्यस्तै बिहीबार लमजुङको राईनस नगरपालिका—७ बाङ्ग्रेचोरको ओख्ले सागो नजिक चेपे नदीमा बाटोमा हिड्ने क्रममा अर्घाखाँची सन्धीखर्क घर भई मध्यपहाडी लोकमार्गको टिप्परको चालकको रुपमा काम गर्दै आएका २१ वर्षीय अनिल खड्का चिप्लिन गई चेपे नदीले बगाएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता दुवै जनाको खोजतलास भैरहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ३६ बजे

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि