बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय « Khabarhub

बाढी पहिरोमा मृत्यु हुनेका परिवारलाई २ लाख राहत दिने सरकारको निर्णय


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बाढी पहिरो तथा प्राकृतिक विपत्तिमामा मृत्यु हुनेका परिवारलाई २ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ।

एकै परिवारका धेरैजनाको मृत्यु भएकाे भए सो २ लाखमा अरु सदस्यका लागि थप १ लाखका दरले सहायता उपलब्ध गराइनेछ।

बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले राहत उपलब्ध गराइने जानकारी दिए।

त्यसै गरी घाइतेहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले ब्यहोर्ने निर्णय गरेको छ।

पहिरोबाट पुरै घर ध्वस्त भई नयाँ घर नै निर्माण गर्नुपर्ने अवस्था भए घर निर्माणको सहयोगको लागि सरकारले प्रति परिवार १ लाख सहयोग दिने निर्णय गरेको छ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ४० बजे

निर्वाचन आयोगमाथि विपक्षीको दबाब

नयाँदिल्ली (रासस\एएफपी)। भारतमा मतदाता सूचीको विशेष गहन संशोधन (एसआइआर) प्रक्रियामा

बाढीपीडित ३२ परिवारलाई राहत

स्याङ्जा । चार दिनदेखिको अविरल वर्षापछि आएको बाढीबाट विस्थापित स्यंगल्याङ

म्यान्मामा सेनाले गर्‍यो हवाई हमला, ३३ जनाको मृत्यु, ३६ घाइते

म्यान्मा । पश्चिमी म्यान्माको एक बजारमा सेनाले सोमबार गरेको हवाई

साढे ३ महिनापछि ताप्लेजुङ–काठमाडौँ हवाई उडान

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित हवाई

बैंककमा महिनाभरि हुने वर्षा २ दिनमै, ८० हजार मानिस बाढीमा फसे

काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककमा पछिल्लो दुई दिनमा लगभग ३२०