एकीकृत क्‍वारेन्टिन व्यवस्थापन समिति गठन, सुरक्षाको जिम्मा सेनालाई « Khabarhub

एकीकृत क्‍वारेन्टिन व्यवस्थापन समिति गठन, सुरक्षाको जिम्मा सेनालाई


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकीकृत क्वारेन्टिनमा राखिने जनाएको छ। एकीकृत क्वारेन्टिन काठमाडौं उपत्यकामा तयार गरिने र त्यसको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्‍वारेन्टिन व्यवस्थानका लागि एकीकृत क्‍वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको संयोजकमा गृह सचिव रहने र स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारी रहनेछन् ।

त्यसैगरी सदस्यहरुमा सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव, सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारीहरु लगायत क्‍वारेन्टिन रहने स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि सदस्य रहने छन् ।

उक्त समितिले काठमाडौंका तीन वटै जिल्लामा रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमार्फत क्‍वारेन्टिन स्थलको पहिचान र सञ्‍चालन गर्ने डा. खतिवडाले जानकारी दिए ।

विदेशबाट उद्धार गरिने नेपालीको हकमा बैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा ल्याएर क्वारेन्टिनमा राख्दा लाग्‍ने खर्च सरकारले व्‍यहोर्ने र अन्‍यको हकमा भने स्वयम यात्रुले व्‍यहोर्नुपर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : ०३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग