भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय « Khabarhub

भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

हवाई उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेयता नियमित अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएका छन् । नेपालभर गरिएको लकडाउन असार १ गतेदेखि खुकुलो पारिए पनि हवाई उडानमा भने प्रतिबन्ध कायम नै छ ।

विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन चार्टर्ड उडान हुँदै आएका छन् । लकडाउनका बेला ७ सयभन्दा बढी चार्टर्ड उडान भएका छन् ।

अब भने पीसीआर नतिजा नेगेटिभ देखिएकालाई नियमित उडानमा स्वदेश ल्याउन दिइने निर्णय भएको खतिवडाले जानकारी दिए । पीसीआर परीक्षण गर्न असहज अवस्था भएका देशहरुमा भने तत्काल उडान नहुने जनाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ६ : ५८ बजे

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ

नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

काठमाडौं– नेपालको कुल सार्वजनिक ऋण झण्डै ३० खर्ब रुपैयाँ पुग्न

डा. केसीले अनशन फिर्ता नलिए प्रतिअनशन बस्ने संघर्ष समितिको चेतावनी

धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिका संयोजक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

 काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ ।