साउदीमा २३ नेपालीको अवस्था दयनीय बन्दै, ५ महिनादेखि तलब नपाएको गुनासो « Khabarhub

साउदीमा २३ नेपालीको अवस्था दयनीय बन्दै, ५ महिनादेखि तलब नपाएको गुनासो



दोहा-काठमाडौँको भीमसेनगोला रहेको गोल्डेन इगल मेनपावरमार्फत बिगत ९ महिना अघि साउदी पुगेका २३ नेपाली कामदारको अवस्था दयनीय बन्दै गएको छ ।

कम्पनीले पाँच महिनादेखि तलब नदिएको र खान बस्नको लागि समेत समस्या भएकोले उनीहरुले गुनासो गरेका छन् । अहिलेसम्म कहि कतैबाट पनि सहयोग नपाएको उनीहरुको भनाइ छ ।

पीडितहरुका अनुसार नेपालबाट मेनपावर कम्पनीले साउदीको असासात अल शमाल कंस्ट्रकटिङ कम्पनी भनेर पठाएको तर साउदी आइपुगेपछि नास ट्रस्ट स्काफोलडिङ कम्पनीमा काम गर्न लगाएको पीडित नेपालीहरुले बताएका छन् ।

उक्त कम्पनीमा पुगेपछि केही महिना मात्र काम गरेका उनीहरुलाई पाँच महिना अघि सबैलाई कामबाट निकाली दिएको र तलब पनि नदिएको हुँदा अलपत्र अवस्थामा बस्नुपर्ने बाध्यता सिर्जना भएको पीडितले गुनासो पोखेका छन ।

म्यानपावर कम्पनीले आफूहरुबाट प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँ लिएको बताएका छन् । उनीहरुले  मेनपावरले भने जस्तो कम्पनी पनि नभएको र तलब पनि नहुँदा दुःख भएको बताएका छन् ।

म्यानपावरले खाने बस्ने सुबिधा सहित आठ घण्टाको १ हजार साउदी रियाल हुन्छ भनेर पठाएको भएपनि यहाँ कम्पनीले आठ घण्टाको ९ सय रियाल दिने गरेको थियो भने अहिले कम्पनी बन्द भएपछि ४ महिनादेखि न काम, न दाम भएर बस्नु परेको उनीहरुको भनाइ छ ।

बिरामी हुँदा समेत समान्य औषधि उपचार पनि नगरेको भन्दै कम्पनीले तलब पनि नदिने र घर फर्किने टिकट पनि नदिने बताएका छन्।

उनीहरुका अनुसार कम्पनी र मेनपावले जे मन लाग्यो गर्नु हामी केहि सहयोग गर्दैनौं भनेपछि आफूहरुले साउदीस्थित नेपाली दूतावासको शरणमा पुग्दा पनि कुनै सुनाई नभएको पिडितहरु बताउँछन् ।

यता, दूतावासले भने पीडितहरुले काम नभए बसेको धेरै समय भएको जनाउदै उद्धारको लागि कम्पनीसंग समन्वय गरिरहेको जनाएको छ ।

एनआरएनए साउदीले पनि नेपाली दूतावास र कम्पनीलाई उनीहरको समस्या तत्काल समाधान गर्न ताकेता गरिरहेको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले बताए।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ३७ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले