भारतमा थप ८७ हजार जनालाई कोरोना भाइरसको संक्रमण « Khabarhub

भारतमा थप ८७ हजार जनालाई कोरोना भाइरसको संक्रमण


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५४ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

सोमबार भारतमा ८७ हजार ३८२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४ लाख ८५ हजार ६१२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ९२ हजार ६५० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ५ हजार ५३ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८७ हजार ९०९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : २० बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको