रोनाल्डोको गोलमा इटालियन सिरी ‘ए’ मा युभेन्टसको विजयी सुरूवात « Khabarhub

रोनाल्डोको गोलमा इटालियन सिरी ‘ए’ मा युभेन्टसको विजयी सुरूवात


५ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–  इटालियन सिरी ‘ए’ मा साविक विजेता युभेन्टसले विजयी सुरूवात गरेको छ ।

घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्टसले विजयी सुरुवात गरेको हो ।

यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोले पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेका छन् । आफ्नो प्रशिक्षणमा पिर्लोले पहिलो सफलता हात पारेका हुन् ।

एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दा बोनुची र स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे ।

पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । खेलको सुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएको युभेन्टसले १३औं मिनेटमा गोलको खाता खोलेको थियो ।

पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै रोनाल्डोले बल अघि बढाउने प्रयास गरेपनि फुस्किएको बललाई डिजानले उत्कृष्ट फिनिस गरेका थिए ।

युभेन्टसले ७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । कुलुसेभ्स्सीको कर्नरबाट आएको बललाई साम्पडोरियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाए । तर, रिबाउन्डमा क्लोज रेन्जबाट लियोनार्दो बोनुचीले गोल गर्न सफल भएका थिए ।

खेलको ८८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ६ : ४९ बजे

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका