साउदीको दमामबाट हिमालय  र नेपाल एअरलाइन्सका थप ९ उडान हुने « Khabarhub

साउदीको दमामबाट हिमालय  र नेपाल एअरलाइन्सका थप ९ उडान हुने



दोहा- साउदी अरवको दमामबाट काठमाडौंको लागि थप ९ वटा चार्टर उडान हुने भएका छन्।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २३, २४,२५,२७, र २९ तारिखमा दमामबाट उडान गर्ने भएकाले नेपाल जान चाहनेले टिकट लिन सक्नेछन् ।

यसैगरी हिमालय एअरलाइन्सले दमामबाटै सेप्टेम्बर २५ र ३० मा एक/एक तथा २९ तारिखमा दुई उडान हुने जनाएको छ ।

साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्टसमेत साथमा लिनुपर्ने जनाएको छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको कागजात अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चार्टर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

यसघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर २४ र २८ तारिखमा दमामबाट उडान गर्नेछ ।

यसैगरी, हिमालय एअरलाइन्सले सेप्टेम्बर २२,२६ तथा २९ मा रियादबाट उडान गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

साथै वहिर्गमन भिसा सकिसकेको तथा सेप्टेम्बर ३० भित्र सकिन लागेकाहरुलाई टिकटमा प्रथामिकता दिन ट्राभल एजेन्सीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ७ : २५ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित