साउदीमा आइतबार अहिलेसम्मकै कम संक्रमित, ५ महिनामा ५२ नेपालीको मृत्यु | Khabarhub Khabarhub

साउदीमा आइतबार अहिलेसम्मकै कम संक्रमित, ५ महिनामा ५२ नेपालीको मृत्यु



दोहा- साउदी अरबमा केही दिनयता कोरोना भाइरस कोभिड-१९ बाट संक्रमित हुनेको सङ्ख्या घट्दै जान थालेको छ ।

दैनिक ५ हजारसम्म सङ्क्रमितको भएको साउदीमा केही दिनयता संक्रमण दर घट्दै गएको हो ।

शनिबार ५५१ जनामा संक्रमण देखिएकोमा आइतबार नयाँ संक्रमितको संख्या ६८ ले कम भएको छ । अर्थात् आइतबार ४८३ जनामा मात्रै संक्रमण देखिएको छ ।

यो सङ्ख्या ५ महिना यताकै सबैभन्दा न्यून रहेको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने २७ जनाको मृत्यु भएको जनाएको छ ।

साउदीमा अहिलेसम्म कोरोना संक्रमित ३ लाख २९ हजार ७ सय ५४ जना पुगेका छ ।

अहिलेसम्म उपचारपछि घर फर्किनेको सङ्ख्या ३ लाख १० हजार ४ सय ३९ जना रहेको मन्त्रालयले जनाएको छ ।

साउदीमा आइतबारसम्म कोरोना संक्रमणबाट ४ हजार ४ सय ८५ जनाले मृत्यु भएको छ । यसमध्ये ५२ जना नेपालीको कोरोना संक्रमणले मृत्यु भएको साउदी अरबका लागि नेपाली राजदूत डा.महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

साउदीले सुरुवाको केहि समय नेपाली दूतावासको आग्रहमा सङ्क्रमित नेपालीको सङ्ख्या उपलब्ध गराए पनि पछिल्लो समयमा आएर सङ्क्रमितको राष्ट्रियतबारे खुलाएको छैन ।

यसै कारण साउदी अरबमा के कति नेपाली कोरोनाबाट संक्रमित छन् भन्नेबारे नेपाली दूतावाससंग पनि तथ्याङक छैन ।

यद्यपि धेरै नेपालीहरु अहिले निको भएर नियमित काममा फर्किसकेको दूतावासले जनाएको छ । साउदी सरकारले आगामी १ जनवरीदेखि कोरोना भाइरसका कारण लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  १ : ४२ बजे

मोरङको ग्रामथानमा उपनिर्वाचन : मनोयन गर्न दलहरूलाई अलग-अलग समय

विराटनगर– माोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मुख्य निर्वाचन अधिकृतको

भोलिदेखि जनकपुरधामका निजी विद्यालय अनिश्चितकालका लागि बन्द

जनकपुरधाम-  निजी विद्यालयका संगठनहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण निजी विद्यालयहरू

उपनिर्वाचनको मनोनयन : ठूला दल जुलुससहित, साना र स्वतन्त्र एक्लै (तस्बिरहरू)

काठमाडौं- आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनका

ठेक्का लागेको पाँच वर्षमा पनि भएन रणवाङ–दरवाङ सडक कालोपत्र

म्याग्दी– जिल्लाको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्ने

आन्तरिक राजस्व विभागद्वारा नेपाल टेलिकम सम्मानित 

काठमाडौं– आव २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरेकोले आन्तरिक