यूएईका उपप्रधानमन्त्रीसहित चार मन्त्रीले लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

यूएईका उपप्रधानमन्त्रीसहित चार मन्त्रीले लगाए कोरोनाविरूद्धको खोप



दोहा- संयुक्त अरव ईमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहानले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

ट्वीटरमा फोटो पोष्ट गर्दै उनले कोरोनाविरूद्धको खोप लगाएको बताएका हुन् । खोप लगाइदिएकोमा उनले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएको गल्फ न्युजले जनाएको छ ।

यसैगरी विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी तथा अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायादले पनि खोप लगाएका छन् ।

यूएईमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ५९४ जना पुगेको छ । अहिलेसम्म उपचारपछि निको हुनेको सङ्ख्या १ लाख १० हजार ३१ जना छ भने संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४७० पुगेको छ ।

यूएईले पीसीआर परीक्षणको दायरालाई फराकिलो बनाउँदै लगेको जनाएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले मृतकका परिवारमा  समवेदना प्रकट गर्दै संक्रमितहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

समुदायका सदस्यहरुलाई स्वास्थ्य अधिकारीहरुसँग सहकार्य गर्न र प्रत्येकको सुरक्षा सुनिश्चित गर्न सामाजिक दूरीसहितको रोकथाम र सावधानीका उपायहरू अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरु कार्यरत रहेको यूएईमा अहिलेसम्म के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भए र कतिको मृत्यु भयो भन्ने  तथ्यांक भने छैन ।

यद्यपि कोरोनाबाट संक्रमित धेरै नेपालीहरू निको भएर काममा फर्किसकेका छन् ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ४५ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु