यूएईका उपप्रधानमन्त्रीसहित चार मन्त्रीले लगाए कोरोनाविरूद्धको खोप « Khabarhub

यूएईका उपप्रधानमन्त्रीसहित चार मन्त्रीले लगाए कोरोनाविरूद्धको खोप



दोहा- संयुक्त अरव ईमिरेट्स (यूएई)का उपप्रधानमन्त्री तथा आन्तरिक मामिला मन्त्री शेख सईफ बीन जायाद अल नहानले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

ट्वीटरमा फोटो पोष्ट गर्दै उनले कोरोनाविरूद्धको खोप लगाएको बताएका हुन् । खोप लगाइदिएकोमा उनले स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिएको गल्फ न्युजले जनाएको छ ।

यसैगरी विदेश मन्त्री शेख अव्दुल्लाह बीन जायाद, स्वास्थ्य मन्त्री अव्दुल्लाह रहमान अल ओविस, संस्कृति तथा युवा मन्त्री नुरा विन्त मोहम्मद अल कावी तथा अबुधावी एक्ज्युकेटिव अफिसका अध्यक्ष शख खालिद बीन मोहम्मद बीन जायादले पनि खोप लगाएका छन् ।

यूएईमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ५९४ जना पुगेको छ । अहिलेसम्म उपचारपछि निको हुनेको सङ्ख्या १ लाख १० हजार ३१ जना छ भने संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४७० पुगेको छ ।

यूएईले पीसीआर परीक्षणको दायरालाई फराकिलो बनाउँदै लगेको जनाएको छ । यूएईको स्वास्थ्य मन्त्रालयले मृतकका परिवारमा  समवेदना प्रकट गर्दै संक्रमितहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

समुदायका सदस्यहरुलाई स्वास्थ्य अधिकारीहरुसँग सहकार्य गर्न र प्रत्येकको सुरक्षा सुनिश्चित गर्न सामाजिक दूरीसहितको रोकथाम र सावधानीका उपायहरू अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

ठूलो सङ्ख्यामा नेपाली श्रमिकहरु कार्यरत रहेको यूएईमा अहिलेसम्म के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भए र कतिको मृत्यु भयो भन्ने  तथ्यांक भने छैन ।

यद्यपि कोरोनाबाट संक्रमित धेरै नेपालीहरू निको भएर काममा फर्किसकेका छन् ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ८ : ४५ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम