राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता कोरोना कोषमा प्रदान « Khabarhub

राष्ट्रपति भण्डारीको दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता कोरोना कोषमा प्रदान


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडवाड भत्ता सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा प्रदान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले चालु आर्थिक वर्षको दुई महिनामा पाउने पारिश्रमिक र चाडवार्ड खर्च बापत प्राप्त हुने रकम कोषमा प्रदान गर्ने जानकारी दिएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले उक्त रकम महामारी नियन्त्रणका लागि कोषमा प्रदान गरेको उल्लेख छ ।

यसअघि सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलका सांसदहरुले दशैँमा पाउने रकम कोषमा प्रदान गरेका छन् ।

सरकारको मन्त्रिमण्डलमा सहभागि मन्त्रीहरुले प्राप्त गर्ने रकम पनि कोषमा प्रदान गर्ने निर्णय यसअघि गरिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  २ : २९ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन