घलेगाउँ होमस्टे खुले पनि पर्यटक आएनन् « Khabarhub

घलेगाउँ होमस्टे खुले पनि पर्यटक आएनन्


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरवास गत भदौ १ गतेबाट खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने गरे पनि कोभिड–१९ को त्रासले यतिबेला पर्यटक नआउँदा यहाँ घरवास सुनसान भएको छ ।

विगतका वर्षका यस मौसममा दैनिक ४०० जनाको हाराहारीमा पर्यटक आउने गरे पनि यतिबेला कहिलेकाहीँ जिल्लाभित्रका दुई चार जना पर्यटक मात्र आउने गरेका ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका सचिव उमलबहादुर विकले बताए ।

कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा आर्थिक आम्दानीको स्रोत बनाएका घरवास सञ्चालक बढी मर्कामा पर्न थालेको घरवास सञ्चालक दीर्घराज घलेले बताए ।

घलेगाउँबाट लमजुङ हिमाल, अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), माछापुच्छ्रे हिमाल, मनास्लु हिमाल, हिमालचुली हिमाल, ङादीचुली (डा हर्क हिमाल) र बुद्व हिमाल देख्न सकिन्छ । नमूना चिया बगानको अवलोकन, गुरुङ खाना, सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, घले राजाको पार्क, गुरुङ सङ्ग्राहलय हेर्न सकिन्छ ।

जिल्लाको सदरमुकाम बेँसीशहरबाट सो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै सवारी साधनमा करिब तीन घण्टा र पैदलयात्रा गरेमा करिब पाँच घण्टा समय लाग्छ ।

त्यस्तै बेँसीशहर नगरपालिका–३ काउलेपानीमा रहेको घरवास (होमस्टे) भने दशैँपछि सञ्चालनमा आउने भएको छ । कोभिड–१९ को जोखिम कायम रहेकाले तत्काल घरवास सञ्चालन गर्न नसकिएको काउँलेपानी पर्यटन व्यवस्थापन समितिका सचिव कविन्द्र गुरुङले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ३ : ३० बजे

बागमती मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा खनाल

मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको

सुधन गुरुङको २६ दिने काउन्टडाउन : कति काम गरे, कति विवादमा परे ?

काठमाडौं- बालेन्द्र शाह नेतृत्वमा दुईतिहाइ नजिकको सरकार गठन भएको महिना

‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ ऊर्जामन्त्री समक्ष पेस

काठमाडौं– ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति–२०८३’ को प्रतिवेदन उर्जा,

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता