विपन्न परिवारलाई गाउँपालिकाको दशैँ राहत « Khabarhub

विपन्न परिवारलाई गाउँपालिकाको दशैँ राहत


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ ।

दशैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गरिएको हो ।

उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दशैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए ।

उनले गाउँपालिकाले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए ।

“भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ”, उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।”

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ३ : ४५ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट