विपन्न परिवारलाई गाउँपालिकाको दशैँ राहत « Khabarhub

विपन्न परिवारलाई गाउँपालिकाको दशैँ राहत


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दशैँ राहत उपलब्ध गराएको छ ।

दशैँ तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २१० जनालाई राहत उपलब्ध गरिएको हो ।

उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दशैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले बताए ।

उनले गाउँपालिकाले कोरोना कहरका कारणले दशैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरिएको जानकारी दिए ।

“भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ”, उनले भने, “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।”

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ३ : ४५ बजे

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध

सुनसरी १ मा मेयर हर्कसँग नेकपाबाट वडाध्यक्ष मनोज भट्टराईले प्रतिस्पर्धा गर्ने

धरान- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले