भारतको मध्य प्रदेशमा पनि कर्फ्यू, सर्वसाधारणबाट विरोध « Khabarhub

भारतको मध्य प्रदेशमा पनि कर्फ्यू, सर्वसाधारणबाट विरोध


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको मध्यप्रदेशमा पनि आजबाट रातको समयमा कर्फ्यू लागु गरिएको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि  मध्यप्रदेश सरकारले केही शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म हिडडुल गर्न पाइने छैन ।

तर, अत्यावश्यक सेवामा कार्यरत र उद्योगधन्दामा काम गर्ने श्रमिकलाई भने कर्फ्यूको समयमा पनि हिडडुल गर्न दिइने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

नागरिकले भने कर्फ्यूको विरोध गरेका छन् । शुक्रबार रातिबाट भारतको अहमदाबादमा पनि कर्फ्यू लगाइएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ७ : ३६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क