नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रले जिते  « Khabarhub

नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रले जिते 


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छैटौं नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।

शनिबार नेपालगञ्जमा सम्पन्न म्याराथनको उपाधि जित्दै गोपीचन्द्र अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकमा छनोट भएका हुन् ।

कोरोना भाइरसको महामारीको कारण अन्य प्रतियोगिता आयोजना नहुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगञ्ज म्याराथनको विजेतालाई ओलम्पिकमा सहभागिता गराउने निर्णय गरेको थियो ।

गत डिसेम्बरमा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटर दौडमा स्वर्ण जितेका पार्की अब टोकियो ओलम्पिकमा जानेछन् ।

गोपीले निर्धारित ४२.१९५ किलोमिटर दुरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पुरा गरे । उपाधिसँगै गोपीले नगद ७५ हजार प्राप्त गरे ।

अर्को विभागीय क्लब त्रिभुवन आर्मीका कृष्ण बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पुरा गर्दै तेस्रो भए ।

गतवर्षको विजेता आर्मीकै नवराज साउद चौथो भए । उनलेले २ घन्टा ३१ मिनेट २१ सेकेन्डमा दौड पूरा गरे ।

दोस्रो भएको बस्नेतले ३० हजार तथा तेस्रो भएको खगेन्द्र भाटले २० हजार रुपैयाँ प्राप्त गरे । चौथो भएको साउदले १०, पाँचौं भएको ज्ञानप्रसाद भट्टराईले ८, छैटौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् । १३औं सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । उनले नगद ३० हजार प्राप्त गरिन् ।

कर्णाली प्रदेशकी मन्जु रावत १ घण्टा ३० मिनेट ७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने शर्मिला धर्तीले १ घण्टा ३८ मिनेट १४ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । दोस्रो भएकी मन्जुले १५ हजार र तेस्रो भएकी शर्मिलाले १० हजार प्राप्त गरिन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ४ : ३० बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६