देशभर १६७४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित) « Khabarhub

देशभर १६७४ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । ८ हजार १४४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिए

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ८९९ जनामा कोरोना भाइरसको स‌क्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका हुन् ।

थप २३२३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २३२३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९३ हजार ३२५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १३०५ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, धनकुटामा ७, भोजपुरमा १, सोलुखुम्बुमा १ र सुनसरीमा ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ को धुनषामा ११, बारामा ५, महोत्तरीमा ३, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ७ जनामा कोरोना संक्रमण भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ८५ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १ सय ६५, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ७ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासी पूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, वागलुङमा ७ र स्याङजामा ७ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा ३३, पाल्पामा १९, प्यूठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुम पूर्वमा १, रोल्पामा ७ र रुपन्देहीमा ५७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ जनामा कोरोना पुष्टि भएको छ भने सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धरामा ६, बझाङमा ६, बाजुरामा १ र बैतडीमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : ०९ बजे

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

प्रविधिको प्रयोग गरी क्षयरोगीको खोजी

पाल्पा – पाल्पामा आधुनिक प्रविधिको प्रयोग गरी क्षयरोगी पहिचान सुरु