हुलहुज्जत बहुदलीय जनवादको ‘कोर्स’ होइन : मन्त्री भट्टराई « Khabarhub

हुलहुज्जत बहुदलीय जनवादको ‘कोर्स’ होइन : मन्त्री भट्टराई


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका छन् ।

उनले शनिबार चितवनमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि कार्यकर्ताबाटै अभद्र दुर्व्यवहार भएको विषयलाई लिएर नेता तथा कार्यकर्ताहरुलाई हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन । बिमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो !’

चितवनको राप्ती नगरपालिकामा आयोजित कार्यक्रममा मन्तव्य राख्दै गरेको बेला नेकपाकै कार्यकर्ताले नारा जुलुस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताहरूले नेता पाण्डेको विरोधमा नाराजुलुस गरेको नेताहरुले आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ४७ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय