हुलहुज्जत बहुदलीय जनवादको ‘कोर्स’ होइन : मन्त्री भट्टराई « Khabarhub

हुलहुज्जत बहुदलीय जनवादको ‘कोर्स’ होइन : मन्त्री भट्टराई


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका छन् ।

उनले शनिबार चितवनमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेमाथि कार्यकर्ताबाटै अभद्र दुर्व्यवहार भएको विषयलाई लिएर नेता तथा कार्यकर्ताहरुलाई हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको स्मरण गराएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन । बिमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो !’

चितवनको राप्ती नगरपालिकामा आयोजित कार्यक्रममा मन्तव्य राख्दै गरेको बेला नेकपाकै कार्यकर्ताले नारा जुलुस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताकार्यकर्ताहरूले नेता पाण्डेको विरोधमा नाराजुलुस गरेको नेताहरुले आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ६ : ४७ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६